नेभिगेशन
सुदूरपश्चिम

बझाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता यहि माघ २४ गते देखि केदारस्युँ गाउँपालिकाको झोतामा हुने

बझाङ जिल्ला स्तरिय १४ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता यहि माघ २४ गते देखि  केदारस्युँ गाउँपालिकाको झोतामा हुने भएको छ । जिल्ला खेलकुद समितीका अध्यक्ष एंव जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता ब्यवस्थापन तथा निर्देशन समितीका संयोजक पुष्पलाल रोकायाको अध्यक्षतामा बसेको बैठकले यहि माघ २४ गते देखि २७ गते सम्म केदारस्युँ गाउँपालिकाको झोतामा हुने भएको छ । 

बैठकमा जिल्ला समन्वय समितीका प्रमुख नरबहादुर बोहरा, सुदूरपश्चिम प्रदेश खेलकुद परिषत सदस्य प्रकाश बिक, खेलकुद समितीका पदाधीकारी, सदस्य, सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, शिक्षा बिकाश तथा समन्वय इकाइ प्रमुख सुरेन्द्र कठायत, पालिका खेलकुद समिती अध्यक्ष लगाएतको उपस्थिती रहेको थियो । 

प्रतियोगीताको १४ औं सस्करणको झण्डा सह–आयोजक केदारस्यूँ गाउँपालिकालाई हस्तान्तरण गर्ने, यस प्रतियोगीतालाई खेल महोत्सवको रुपमा मनाउने, प्रतियोगीता सञ्चालनका लागी आवश्यक समिती तथा उप समिती गठन गर्ने निणर्य गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
भर्खरै