नेभिगेशन
सुदूरपश्चिम

बझाङमा जिपको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तद्धारा जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ : जयपृथ्वी राजमार्ग अवरुद्ध पारिएको छ । बझाङमा जिपको ठक्करबाट महिलाको मृत्यु भएपछि मृतकका आफन्तहरुले राजमार्ग अवरुद्ध पारेका हुन । अहिले मृतकका आफन्तहरुले आक्रोशित भएर राजमार्ग अवरुद्ध पारेपछि सवारी साधन सडकमै रोकिएका प्रहरीले जनाएको  छ ।

आज बुधबार विहान ९ बजे जिपको ठक्करबाट घाईते केदारस्युँ गाउँपालिका ४ बागथलाकि ६४ बर्षिया महेश्वरी देवी मल्लको मृत्यु भएको हो । बागथला तल्ला बजारमा घर अगाडीको धारामा पानी लिन जाने बेलामा बागथला बाट चैनपुर तर्फ आईरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिएको थियो ।

जिपले ठक्कर दिदा मल्लको टाँउको र छातिमा चोट लागेको थियो । घाईते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचार पश्चात थप उपचारको लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । जिप चालक वित्थडचिर गाउँपालिका ६ का २४ बर्षिया विशाल सिंह स्याडालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै