नेभिगेशन
सुदूरपश्चिम

बादी समुदायका बझाङका अगुवा रंगे बादी अस्ताए


बझाङ - वादी समुदायको सीप, कला, इतिहास र संस्कृति बारेमा जानकार रंगे बादीको निधन भएको छ । इतिहास मात्रै नभएर पुराना गीत, कथा र साहित्य कण्ठस्थ भएको वादी समुदायका अगुवा रंगे बादीको ६४ वर्षको उमेरमा थलारा गाउँपालिका-५, खोली स्थित आफ्नै घरमा निधन भएको हो ।नयाँ पुस्तालाई मादल, सारंगी र माटोका भाँडा बनाउने सीप सिकाइरहेका रंगे पछिल्लो समय आधुनिक प्रविधिका कारण बादी समुदायको जिविकाको श्रोतको रुपमा रहेको नाचगानको परम्परा र माटोका भाँडा बनाउने पेशा संकटमा परेकोप्रति निकै चिन्तित थिए । 

बादी समुदायको इतिहास, परम्परा र संस्कृतिका जानकारी रंगे बादी कुसल गायक, मादल र सारंगी बादक पनि थिए । रंगे बादीको निधनले बादी समुदायलाई मात्रै नभएर सीप र कला क्षेत्रमै अपुरणीय क्षति पुगेको थलारा गाउँपालिका अध्यक्ष प्रकास रोकायाले बताए । बादी समुदाय परापुर्वकालमा राजा रजौटा र गाउँका ठालु भलादमीका घरमा गई नाचगान गर्ने तथा विवाह व्रतबन्ध आदि चाडवाडमा रमाइलो गरी मागेर खाने अल्पसंख्यक समुदाय भित्र पर्दछ । बझाङमा जयपृथ्वी नगरपालिकाको चैनपुर र थलारा गाउँपालिकाको खोलीमा वादी समुदायकाे बसोबास रहेको छ । जिल्लामा सबै भन्दा कम जनसंख्या भएको यो समुदायका चैनपुरमा १४ र थलारा गाउँपालिकाको खोलीमा ३० गरी ४४ परिवारको  जनसंख्या १९८ मात्रै छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै