नेभिगेशन
सुदूरपश्चिम

नगरपालिकाले आगो निभाउन लापर्बाही गरेकाे भन्दै चैनपुर बजार बन्द

बझाङको सदरमुकाम चैनपुरमा लागेको आगो निभाउन नगरपालिकाको लापर्बाही गरेकाे भन्दै व्यापारीहरूले बजार बन्द गरेका छन् ।

जयपृथ्वी नगरपालिकाको दमकल समयमा नपुगेका कारण आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको र अरू व्यापारी पनि असुरक्षित भएको भन्दै उनीहरूले बजार बन्द गराएका हुन ।

हिजो दिउँसो सदरमुकाम चैनपुरको मुख्य चोकमा रहेको ४८ वर्ष पुरानो कपडा पसलमा आगलागी भएर ध्वस्त भएको थियो । आगलागी भएको आधा घण्टापछि मात्रै जयपृथ्वी नगरपालिकाको दमकल आगो निभाउन पुगेको थियो । पानी सकिएपछि भर्न गएको दमकल एक घण्टासम्म पनि आइपुगेको थिएन । तर दमकल आइपुग्ने बेलासम्म पसल नष्ट भइसकेकाे थियाे । स्थानीयले खानेपानीको मुख्य पाइप लाइन तोडेर आगो निभाएका थिए ।

दमकलमा फेरि पानी भर्नका लागि नजिकै पहुँच मार्ग नबनाउनु आफूहरूको कमजोरी रहेको र यो घटनाबाट पाठ सिक्दै आउँदा दिनमा यसो हुन नदिने जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बताउनुभयाे ।

उद्योग वाणिज्य सङ्घ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले नगरपालिकाले विपद्सम्बन्धी तयारी नगरेका कारण आफूहरूको व्यवसाय पनि जोखिममा रहेको भन्दै बजार बन्द गराएको बताउनुभयाे । विपद् प्रतिकार्यका लागि प्रभावकारी व्यवस्थापन गर्न र पसल सञ्चालकलाई उचित क्षतिपूर्ति दिन केही महत्त्वपूर्ण मागहरु राख्दै नगरपालिका र जिल्ला प्रशासनमा ज्ञापन पत्र दिने र बजार खुलाउने निर्णय भएको अध्यक्ष सुर्मेलीले बताउनुभयो ।

हिजाे दिउँसो चैनपुर मेन चौराहमा वीरेन्द्र सिंहले सञ्चालन गर्दै आउनुभएकाे जङ्गबहादुर स्टोरमा आगलागी भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै