नेभिगेशन
सुदूरपश्चिम

बझाङको तपोवनमा स्नान गर्नेको घुइँचो

 बझाङको धार्मिक तिर्थस्थल तपोवनमा पनि यसपाली माघे संक्रान्तिका दिन मेला लागेको छ। तपोवनमा जिल्लाभित्र र जिल्ला बाहिरका भक्तजन आएर पुजा र तातोपानीका कुण्डमा स्नान गरेका छन्।

तल्कोट गाउँपालिका-१ र मष्टा गाउँपालिका-४ को सिमाना सेती नदीमा रहेको धार्मिक स्थलमा आइतबार बिहानैदेखि घुइँचो लागेको छ। तातोपानी कुण्डको पानी उमाले जस्तो हुन्छ र वाफ आउने गर्दछ। कुण्डमा नुहाएमा चर्मरोग साथै अन्य मनोकामना पुरा हुने मान्यताले तिर्थयात्रु आउने गर्दछन्। यहाँ विवाह, ब्रतबन्ध जस्ता कर्मकाण्डका कार्य गर्दा पुण्य मिल्दछ भन्ने मान्यता रहेको छ।

६ बजेपछि स्नान गर्नेको घुइँचो लाग्ने गरेका कारण आफू बिहानै ४ बजे आएर तातोपानीमा स्नान गरि फर्किएको मष्टा ३ वीरबहादुर बाँनीयाले बताए।

तपोवन तिर्थस्थलसम्म अहिले तल्कोट गाँउपालिकाले गाडी जाने बाटो र नुहाउन कुण्डहरु महिला,पुरुषका लागि छुट्टाछुट्टै बनाएर सजिलो पारिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै