नेभिगेशन
सुदूरपश्चिम

बझाङमा अटो दुर्घटना,चार जना घाइते

बझाङ : बझाङमा अटो दुर्घटना भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका –७ सुवेडा स्थित जयपृथ्वी राजमार्गमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

शुक्रबार दिउसो चैनपुरबाट तमैल जादै गरेको भे १ ह ९७० नम्बरको अटो अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

अटो दुर्घटनामा परी जयपृथ्वी नगरपालिका–७ बस्ने १८ बर्षीय अटो चालक दिपेश सार्की, सोहि ठाउँकी १८ बर्षीया निरुता बम्म, जयपृथ्वी नगरपालिका–१० चैनपुर बस्ने ३२ बर्षीया लक्ष्मी सिंह र उनका ७ बर्षीय छोरा प्रशान्त सिंह सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको हात खुट्टामा चोट लागेको र चारै जनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै