नेभिगेशन
सुदूरपश्चिम

खप्तडछान्ना - ३ मा विद्यार्थीका लागि स्वास्थ्य शिविर

शिविरबाट २ सय १२ जना विद्यार्थीले सेवा लिए

बझाङ : खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ मा विद्यालय स्तरीय स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजना तथा खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ को समन्वयमा आज मेलतडी मावि लम्तडामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको आँखा, कान र दाँत सम्बन्धि चेकजाँच गरिएको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ वडाध्यक्ष गौरी अधिकारी रावलले जानकारी दिनुभयो । उक्त शिविरबाट २ सय १२ जना विद्यार्थीहरुले सेवा लिएका छन् ।

प्राय बालबालिकाहरुले स्वास्थ्यलाई खासै ध्यान नदिने तथा समस्यालाई सामान्य सोचेर चेकजाँच नै नगर्ने हुनाले विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै वडामा विद्यालय स्तरीय स्वास्थ्य शिविर सञ्चालन गरेको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।

उहाँले बालक स्वस्थ रहे मात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्ने भएकाले उनिहरुको स्वास्थ्यलाई अभिभावकहरुले पनि विशेष निगरानी गर्नुपर्ने बताउनुभयो । जिल्ला र स्थानिय तहका स्वास्थ्यकर्मिहरुले सेवा प्रदान गरेको शिविरमा विद्यार्थी, शिक्षक तथा वडाका कर्मचारी र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै