नेभिगेशन
सुदूरपश्चिम

खप्तडछान्ना गाउँपालिकाद्धारा बामिलि टोलमा सोलार सेट वितरण

बझाङ : खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ बामिलि टोलमा सोलार सेट वितरण गरिएको छ । विद्युतको पहुँचबाट टाढा रहेको उक्त टोलमा खप्तडछान्ना गाउँपालिकाले आज बुधबार २३ थान सोलार सेट वितरण गरेको हो ।

पालिकाको पूर्वनिर्धारीत “बामिलि बस्ति सोलार वितरण कार्यक्रम” अन्र्तगत आज बामिलि टोलमा २१ परिवार र खप्तड सूचना केन्द्र लोखडाका २ परिवारलाई सोलार सेट वितरण गरिएको खप्तडछान्ना गाउँपालिकाका सूचना अधिकारी ऐन बहादुर रोकायाले जानकारी दिनुभयो ।

सोलार सेट वितरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष विष्णु थापाले अध्यारोमा बसेका टोलबासिलाई उज्यालोको अनुभूति गराउन पाउँदा खुसि लागेको बताउनुभयो । उहाँले स्थानियलाई सोलार लिएर राम्रोसँग प्रयोग गर्न पनि सुझाव दिनुभयो । बत्ती नहुँदा झरो बालेर बालबालिका पठनपाठन गर्न बाध्य रहेकोमा अब सोलार बत्तिले उनीहरूको पठनपाठनमा सहजीकरण गर्ने स्थानियले बताएका छन् ।

सोलार सेट वितरण कार्यक्रममा खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णु थापा, वडा नं ३ अध्यक्ष गौरी अधिकारी रावल, गाउँपालिकाका सूचना अधिकारी ऐन बहादुर रोकाया र स्थानियहरुको सहभागिता रहेको थियो । बर्षौदेखि अँध्यारोमा बस्दै आएका स्थानियहरु सोलार सेट पाएपछि खुशि भएका छन् ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै