नेभिगेशन
सुदूरपश्चिम

मोटरसाइकल दुर्घटना हुँदा बझाङका दिपेन्द्र भारतमै अस्ताए  

बझाङ : बझाङका एक युवकको मोटरसाइकल दुर्घटनामा परेर भारतमा ज्यान गएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वटा नम्बर ६ बयानाका २३ वर्षिय दिपेन्द्र थापाको भारतको पञ्जावमा मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको हो । 

बाक्लो हुस्सुका कारण सोमबार साँझ थापाले चलाएको मोटरसाइकल रुखमा ठोक्किएर घटनास्थलमै ज्यान गएको उनका आफन्त ईश्वर थापाले बताए । मृतक थापा गएको मंसिरमा मात्रै भारतको पञ्जाव पुगेका थिए ।

उनको परिवार लामो समयदेखि रोजगारीको शिलशिलामा भारतमै बस्दै आएको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै