नेभिगेशन
सुदूरपश्चिम

बझाङमा घरको सिडीबाट लडेर एक वृद्ध गम्भीर घाइते

बझाङमा घरको सिडीबाट लडेर एक वृद्ध घाइते भएका छन् । थलारा गाउँपालिका– ८ देवस्थलीका ६३ वर्षीय मदनराज पाध्याय मङ्गलवार आज दिउँसो १२ बजेको समयमा आफ्नै घरको सिडीबाट लडेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पाध्यायको जिल्ला अस्पताल बझाङमा चेकजाँच गर्दा बायाँ छातीको १० वटा करङ भाँच्चिएको र बायाँ काँधमा चोट लागेको जिल्ला अस्पतालले जनाएको छ ।

बझाङमा उपचार सम्भव नभएपछि थप उपचारको लागि उनलाई धनगढी रिफर गरेको भए पनि गाडीमा लैजान अहसज भएकाले प्लेन नआउँदासम्मको लागि घाइते पाध्यायको जिल्ला अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयब बझाङले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै