नेभिगेशन
सुदूरपश्चिम

छबिसपाथिभेरा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बान्नीचौरलाई

बझाङ छबिसपाथिभेरा गाउँपालिकामा संचालित अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । छबिसपाथिभेरा गाउँपालिकाको आर्थिक सहयोगमा बान्नीचौर माध्यमिक विद्यालयमा पुष १२ गतेदेखि सुरु भएको प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा छात्रछात्रा भलिबल तथा एथलेटिक्सका खेल खेलाईएको थियो ।

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बान्नीचौर साधारण तथा प्राविधिक माध्यमिक विद्यालयले हात पारेको छ । बान्नीचौरले ९ स्वर्ण हातपार्दै उपाधि हातपारेको हो । यस्तै ८ स्वर्ण सहित जनप्रिय माध्यमिक विद्यालय बगडगाउँ द्वितीय, ५ स्वर्ण सहित शान्ति माध्यमिक विद्यालय चौघानपाटा तृतीय भएको छ ।

यस्तै थलारा माध्यमिक विद्यालय थलाराले ४ स्वर्ण, बाठपालि माध्यमिक विद्यालय बिसौनाले २ स्वर्ण, सत्यवादी माध्यमिक विद्यालय जयपृथ्वी नगर मेल्लेखले १ स्वर्ण र मजखोरी माध्यमिक विद्यालय मजखोरीले १ वटा स्वर्ण प्राप्त गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै