नेभिगेशन
सुदूरपश्चिम

बुंगल नगरपालिकाले ५ महिनामा तीन प्रशासकीय अधिकृत फेर्‍यो

बुंगल नगरपालिकामा यो चालु आर्थिक बर्षको पाँच महिनामा मात्रै तीन जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।

गत असोजमा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रशाद चापागाईँको मकवानपुर सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई महिनाको लागि नगरपालिकाको प्रशासन र आर्थिक अधिकारसहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी धुर्वराज जोशीलाई दिएको थियो।

उहाँको कार्यअवधि मंसिर २४ गते सकिएपछि फेरि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाको प्रशासन र आर्थिक गतिविधि सहितको जिम्मेवारी बुंगल नगरपालिकामा कार्यरत नेपाल स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समुह अधिकृत छैटौं तहमा कार्यरत माधवराज जोशीलाई दिएको हो । 

बुंगल नगर कार्यपालिकाले आर्थिक अधिकारसहित जोशीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएपछि मन्त्रालयले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि प्रशासन र आर्थिक अधिकारसहितको जिम्मेवारी जोशीलाई सुम्पिएको हो ।

बुंगल नगरपालिकामा यो चालु आर्थिक बर्षमा मात्रै ३ जना प्रशासकीय अधिकृत फेरीएका छन् । यसरी छोटो समयमानै प्रशासकीय अधिकृत फेरिदा सेवा प्रवाह समेत फितलो हुने गरेको र आर्थिक कारोबारमा पनि समस्या हुने गरेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै