नेभिगेशन
सुदूरपश्चिम

आन्तरिक रक्तश्रावका कारण बझाङमा एक गर्भवती महिलाको ज्यान गयो

जिल्ला अस्पताल बझाङमा एक गर्भवती महिलाको ज्यान गएको छ ।  मृत्यु हुनेमा केदारस्युँ ६ सिङराल्लीका ३५ वर्षीय गौबडीदेवी धामी रहेकी छन् । उनको बिगत ३ महिनादेखि नियमित गर्भ जाँच नगराएका कारण बच्चा खेर गइसकेको र आन्तरिक रक्तश्रावका कारण शनिबार दिउँसो ४ः२१ बजे मृत्यु भएको जिल्ला अस्पताल बझाङ स्रोतले बताएको छ । रगत दिएर आइसियुमा राखिएकी उनलाई बचाउन अस्पताल निकै प्रयास गरे पनि नसकिएको बताइएको छ । 

उनमा उच्च रक्त चाप पनि भएकाले घरबाटै समस्या लिएर रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा आएको र स्वास्थ्य केन्द्रले त्यहाँ सम्भव नदेखिएपछि जिल्ला अस्पताल रेफर गरेको केदारस्युँ गाउँपालिका स्वास्थ्य शाखा संयोजक कैलाश बलायरले बताउनुभयो ।

उहाँका अनुसार छिप्पिएको उमेर भएकी धामीले पारिवारिक लापरबाहीकै कारण ज्यान गुमाउनु परेको हो ।  बेहोस अवस्थामा जिल्ला अस्पताल ल्याइएकी उनको थप उपचारका लागि हेलिकप्टर व्यवस्थापन गरिरहेका बेला धामीको मृत्यु भएको हो । गाउँघरमा नियमित गर्भ जाँच नहुने भएका कारण बच्चा र आमा दुबैको ज्यान ज्यान जाने गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै