नेभिगेशन
सुदूरपश्चिम

घरेलु तथा साना उद्योग कार्यालयद्धारा मौरीगोलासहितको आधुनिक मौरी घार वितरण

घरेलु कार्यालय बझाङले केदारस्यू गाउँपालिकाका किसानलाई मौरीगोला सहितको आधुनिक मौरीघार वितरण गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय बझाङले केदारस्यूँ गाउँपालिका वडा नम्बर १ का मौरी पालक कृषकलाई आधुनिक मौरीको घार वितरण गरेको हो ।

केदारस्यँ गाउँपालिका वडा नम्बर १ भित्रका १५ जना मौरीपालक कृषकलाई घरेलु तथा साना उद्योग कार्यालय बझाङले मौरी गोलासहितको आधुनिक घार वितरण गरेको घरेलु तथा साना उद्योग कार्यालय बझाङका सूचना अधिकारी दशरथ जप्रेलले बताउनुभयो । शनिबार घरेलु कार्यालय बझाङका प्रमुख खडक बोहराको अध्यक्षता तथा केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराको प्रमुख आथित्यतामा एक कार्यक्रम गर्दै वडा नम्बर १ भित्रका मौरी पालक किसानलाई आधुनिक मौरीको घार लगायत मौरीजन्य सामाग्री वितरण गरिएको छ ।

साथै गरेर किसानहरुको भेलाबाट भगवती मौरी पालन कृषक समूह पनि गठन गरिएको छ । कार्यक्रममा बोल्दै केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेश बाहराले सिकेको सिपलाई सदुपयोग गरी व्यवसायीकरण गरेमा गाउँपालिकाको तर्फबाट मौरीपालक किसानलाई प्रोत्साहन कार्यक्रम ल्याउन सकिने बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयले मौरीपालक किसानलाई पौष ८ गतेबाट १४ गते सम्म ७ दिने तालिम पनि दिएको थियो । समापन कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अथिति तथा घरेलु कार्यालयका प्रमुख खडक बोहराले सिकेको सिपको सदुपयोग गरी मौरीपालन पेशालाई आधुनिकरण गर्दै व्यसायीकरण गरेमा घरेलु कार्यालयको तर्फबाट विभिन्न प्रविधिका अनुदान कार्यक्रममा समावेश गर्न सकिने बताउनुभयो ।

त्यस्तै ७ दिने मौरीपालिन तालिमको अनुगमन गर्दै कृर्षि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर बिष्टले मौरीपालन कृषकलाई प्रोत्साहन गर्दै आगामी दिनमा कृर्षि ज्ञान केन्द्रले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै