नेभिगेशन
सुदूरपश्चिम

बझाङमा विषादी सेवनबाट घाइते महिलाको मृत्यु

बझाङ : बझाङमा विषादी सेवनबाट घाइते  महिलाको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका  ६ पुजारीगाउँकी १९ वर्षिया राजकुमारी खड्काको गएराती मृत्यु भएको हो ।

उनले विहिबार दिउँसो विषादी सेवन गरेकि थिइन् । विषादी सेवन गरेको आफन्तले थाहा पाएपछि राति नै जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभए पछि धनगढी रिफर गरिएकोमा बिच बाटोमै खड्काको शुक्रबार मृत्यु भएको हो ।

खड्काले दुई वर्ष अघि बुगंल नगरपालिका पिपलकोट विहे गरेकि थिइन् । पारिवारिक सम्बन्ध बिग्रेकाले उनी माइतीघरमै बस्दै आएको आफन्तले बताएका छन् । उनको डेढ वर्षकी छोरी पनि रहेकि छन् ।विषादी सेवनको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भईरहेको बझाङ प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै