नेभिगेशन
सुदूरपश्चिम

सुख्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग बिहानैदेखि अवरुद्ध

सुख्खा पहिरो खस्दा जयपृथ्वी राजमार्गको बागथला चैनपुर सडकखण्ड फेरी अवरुद्ध भएको छ । शुक्रबार राती सुचारु भएको राजमार्ग बिहानै देखि सुख्खा पहिरो खस्न थालेपछि जयपृथ्वी राजमार्गको बागथला चैनपुर सडकखण्डको नारुगौडामा फेरी अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि जिल्लाबाट बाहिरी जाने तथा जिल्लामा भित्रीने सवारी साधन नारुगौडामै रोकिएका छन् । बिहानै देखि सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । 

सुख्खा पहिरो खस्नेक्रम नरोकिएको र पहिरो गईरहने भएकाले जेसीवी संचालन गर्न जोखिम रहेपनि अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरिक्षक दिपेश चौधरीले जानकारी दिनुभयो । शुक्रबार विहान केदारस्युँ गाउँपालिका वडा नं १ अन्तर्गत नारुगौडामा  सडक माथी बाट सुख्खा पहिरो खसेपछि दिनभर राजमार्ग अवरुद्ध भएको थियो । दिनभरि अवरुद्ध बनेको राजमार्ग खुलाउने प्रयास भएपनि पहिरो खस्नेक्रम नरोकिए पछि राती अबेर सुचारु भएको थियो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै