नेभिगेशन
सुदूरपश्चिम

निङ्गाला काट्न गएका थापा तीन दिनपछि मात्रै जंगलमा मृत भेटिए 

मष्टा गाउँपालिकामा एक जना पुरुष मृत भेटिएका छन् । मष्टा गाउँपालिका वडा नम्बर १ रनाडाका करिब ३५ वर्षिय सत्य थापा मृत अवस्थामा भेटिएका हुन् । उनी यही पुस ८ गते बिहान १० बजे मालिका जंगलमा नीङ्गाला काट्न एक्लै हिडेका थिए ।

श्रीमती भारत गएकाले थापा साना पाँच छोराछोरीसँगै घरमा बस्दै आएका थिए । त्यो दिन उनी एक्लै जंगल हिडेकाले उनका साना छोराछोरीलाई र स्थानीयलाई उनको बारेमा जानकारी थिएन । 

मंगलबार(आज ) तेस्रो दिन स्थानीयहरुले खोजी गर्दा उनी सानो मालिका वनको तल जंगलमा लडेर मृत अवस्थामा भेटिएको उनका आफन्त बिजय विष्टले जानकारी दिनुभयो ।

उनको शव ल्याउन मानिस नभएकाले हाल शव जंगलमै रहेको र प्रहरीलाई जानकारी गराएकाले बुधबार चौथो दिन मात्रै शव घर ल्याउने तयारी भइरहेको आफन्त विष्टले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै