नेभिगेशन
सुदूरपश्चिम

कुलमष्टजन मावि भातेखोलाले लिएको शुल्कबारे गलत प्रचार भएको भेलाको निस्कर्ष, कुप्रचार गर्नेलाई कारबाही गरिदै

कुलमष्टजन मावि मष्टा ४ भातेखोलाले प्रमाण पत्रबाट चरम शुल्क असुलेको भन्दै सामाजिक सञ्जालमा भएको आलोचनालाई कुनै गल्ती नभएको सर्वपक्षिय भेला मार्फत स्पष्ट पारेको छ । विद्यालयका प्रधानाध्यापक मोहनबहादुर थापाले सामाजिक सञ्जालमा विद्यार्थीको चारित्रिक प्रमाणपत्रमा चरम शुल्क लिएको भन्दै सामाजिक सञ्जालमा फैलाएको अफवाहबारे बिहीबार सर्वपक्षिय भेला मार्फत स्पष्टिकरण दिनुभएको हो ।

दुई वर्ष अगाडि अभिभावक भेलाबाट निर्णय भइ लागु भएको शुल्कलाई लिएर मष्टाका केही व्यक्तिहरुले विद्यालयको गरिमा घटाउने र मर्यादित व्यक्तित्वको सार्वजनिक प्रतिष्ठामा आँच आउने तरिकाले सामाजिक सञ्जालमा पोष्ट गरेको भेलाले निष्कर्ष निकालेको छ । विद्यालयले यदि गल्ती नै गरेको भए पनि अभिवावकको भेलाबाट निर्णय गर्ने तथा हेरफेर गर्ने व्यवस्‍था हुँदाहुँदै पनि व्यक्तिगत दुस्मनी साँध्ने उदेश्यका साथ विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र लेखापाललाई अमर्यादित र निच शब्द प्रयोग गरि सामाजिक सञ्जाल मार्फत बेइज्जत गरेको भन्दै विद्यालय प्रशासन, नेपाल शिक्षक महासंघ मष्टा गाउँ कार्यसमितिले पनि विज्ञप्ति निकालेका छन् । 

 मष्‍टा गाउँपालिकाका जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि,  कुलमष्टजन माविका विद्यालय व्यवस्थापन समिति पदाधिकारी, विद्यालयका प्रधानाध्यापक शिक्षक र अभिभावकसहितको भेलाले सामाजिक सञ्जालमा तथ्यहिन, मिथ्या, भ्रमात्मक कुराहरु पोष्ट गरि फैलाइ विद्यालयको र मर्यादित व्यक्तित्वको सार्वजनिक प्रतिष्ठामा आँच पुर्‍याएको निस्कर्ष निकालेको हो । सामाजिक सञ्जालमा तथ्यहिन, मिथ्या, भ्रमात्मक कुराहरु पोष्ट गर्नेहरु नेविसंघ मष्टा गाउँ कार्यसमिति सभापति नरेश द्वाल र भारतमा रहेर कुप्रचार गर्ने नवराज बोहराले पनि गल्ती स्वीकार गर्नुभएको छ ।

 जिल्लामा उत्कृष्ट शिक्षा र पर्याप्त भौतिक संरचना भएको कुलमष्टजन मावि धेरै पटक नमुना विद्यालयको सूचीमा पनि परेको प्रधानाध्यापक मोहनबहादुर थापाले बताउनुभयो । जिल्लाकै अग्रणी शैक्षिक धरोहर मानिएको कुलमष्टजन माद्यामिक विद्यालयलाई केहीले बेइज्जत गर्न खोजेको भन्दै मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा र उपाध्यक्ष हर्क धामीले खेद प्रकट गर्नुभएको छ । अभिभावकसहितको भेलाले निर्णयले स्वीकृत गरेपछि तोकिएको शुल्कबाट प्राविधिक धारका विद्यार्थी निशुल्क किताब, लाइब्रेरी निर्माण, प्रयोगशाला निर्माण र छात्रवृति जस्ता विद्यालय हितका कार्यहरु गरिदै आएको विद्यालयले जनाएको छ । भेलाले फेरि पनि यस शुल्क लिने प्रक्रियालाई निरन्तरता दिने हिजोको भेलामा निर्णय भएको छ । 

विद्यालयको हितका लागि विद्यार्थीले चारित्रिक प्रमाणपत्र लिदा पहिलेकै शुल्क लिन विद्यालयलाई बिहीबारको भेलाले सुझाव दिएको हो । विद्यालयको निरन्तर स्तर वृद्धिका लागि अहोरात्र खटिरहने प्रधानाध्यापक मोहनबहादुर थापालाई थप लागिरहन र यस्ता तत्वबाट विचलित नहुन पनि भेलाले सुझाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै