नेभिगेशन
सुदूरपश्चिम

मष्टा गाउँपालिकामा स्थानीयसँगै गाउँपालिकाका जनप्रतिनिधी जनश्रमदानमा जुटे

बझाङको मष्टा गाउँपालिका–६ले गाउँपालिका भित्रका विकासका योजनाहरु निर्माणको लागि भन्दै महिनाको दुई दिन जनश्रमदान गर्नु पर्ने नियम बनाएको छ ।

सोहि अनुरुप मंगलबारदेखि बझाङको मष्टा गाउँपालिकाका जनप्रतिनिधिहरु स्थानीयसँगै जनश्रमदानमा जुटेका छन् । गाउँपालिकाले मंगलबार देखि वडा नं. ६ स्थित निर्माणधिन खेलमैदान निर्माण कार्यमा स्थानीयसँगै गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहरा, मष्टा गाउँपालिका–६ का वडाअध्यक्ष शिवराज बोहरा लगायत स्थानीयहरु जनश्रमदानमा जुटेका हुन् । 


पछिल्लो समय गाउँपालिकाबाट निर्माण हुने योजनाहरुमा १० प्रतिशत अनिवार्य जनसहभागीतामा निर्माण हुनुपर्नेमा अधिकांश योजनाहरुमा जनसहभागीता शुन्य हुने अवस्था देखिएपछि जनश्रमदान संस्कृतिलाई प्रोत्साहन गराउनका लागि आफुहरु नै श्रमदानमा जुटेर खेलमैदान निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहराले बताए । ‘खेलमैदान निर्माणका लागि करिब २० लाख रुपैयाँ लाग्ने देखिन्छ, हामी कम्तीमा पनि ३० प्रतिशत जनश्रमदान गर्नेछौं ।’ उनले भने ‘दक्ष प्राविधिक शुल्क, सामाग्री खरिद र ढुवानीका लागि चाहिने खर्च बाहेक बाँकी श्रमदान हामी जुटाउछौ ।’


उक्त खेलमैदान निर्माणका लागि प्रदेशबाट ८ लाख र गाउँपालिकाको स्वरोजगार कार्यक्रम मार्फत ५ लाख रकम छुट्याएको छ । विकासका लागि अरुको मुख ताक्ने भन्दा पनि जनप्रतिनिधि सहित काम सुरु गर्दा विकासले फड्को मार्ने अध्यक्ष बोहराको भनाइ छ । जनप्रतिनिधि र जनताको सम्बन्ध नङ र मासुको जस्तै बनाउन गाउँपालिकाले सँगसँगै काम गर्ने नीति बनाएको र सोहि अनुरुप दीगो विकासका लागि योगदानमा आधारित श्रमदान कार्यक्रम आजबाट सुरु गरिएको मष्टा गाउँपालिका–६ का वडाअध्यक्ष शिवराज बोहराले बताए ।


श्रमदान नीतिले श्रम गर्नेलाई सम्मान गर्न सिकाउने भएकोले यसले योजनामा हुने भ्रष्टाचार पनि नियन्त्रणमा आउने गाउँपालिकाको दाबी छ । जनप्रतिनिधिले अनिवार्यरुपमा श्रमदान गर्ने व्यबस्था कार्यान्वयनमा आएकाले अब विकास निर्माणमा स्थानीयको अपनत्व रहने समेत उनको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै