नेभिगेशन
सुदूरपश्चिम

दुर्गमका विद्यार्थीको स्वास्थ्य तथा पोषण कार्याक्रमको संयुक्त अनुगमन

बझाङ : तलकोट गाउँपालिकाका बिध्यालयमा विभिन्न सस्थाले लागु गरेको बिध्यालय स्वास्थय तथा पोषण कार्याक्रमको सयुक्त अनुगमन गरेको छ। पालिकाका दुर्गम क्षेत्रमा रहेका आधारभुत बिध्यालयमा दिवा खाजा कार्याक्रम  ,बिध्यार्थिको स्वास्थय परिक्षण  र सरसफाइका क्षेत्रमा केही सुधार देखिएको छ।

आइडिएस नेपालका निर्देशक प्रकाश कोइराला लगायत विभिन्न साझेदारी सस्थाका संयोजकले बालबालिकाको शैक्षिक अबस्था र दिवा खाजा बारे थप योजना बनाएर अघि बढ्ने जनाएका छन् ।  जिल्ला भरका ४हजार ५ सय ६३  जना बिध्यार्थीलाई लक्षित गरेर विभिन्न दातु निकायले सहयोग गर्दै आएको  दिवा खाजाका लागि बिदेशी चामल ,दाल र तरकारीको दुरुपयोग नहोस् भन्दै  जिल्ला भित्रका धेरैजसो बिध्यालयमा अनुगमन गर्ने थालेको आइडिएस नेपाल बझाङका संयोजक सुरेन्द्र जैरुले बताए ।

विभिन्न सस्थाको साझेदारी र पालिका सङ समन्वय गरेर बिध्यार्थीको स्वस्थ्य परिक्षण ,जुकाको औसधि बितरण कार्याक्रम ,प्राथमिक स्वास्थय उपचार ,महिनाबारी स्वच्छता तथा स्थानीय स्तरमै प्याड बनाउने तालिम ,बालमैत्री धारा तथा सरसफाइका कार्याक्रमले गर्दा बिध्यार्थिको स्वस्थ्य , शिक्षा र त्यस समुदायका किसानको उत्पादनको बजारीकरण समेत भएको गाउँपालिका उपाध्यक्ष पार्बति भण्डारिले बताउनु भयो।
यो बर्षको  समिक्षा कार्याक्रम बोल्दै उपाध्यक्ष भण्डारिले सस्थाका काम प्रती धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पालिकाको स्रोत साधनले भ्याए जति लगानी गर्ने बताउनु भयो।  उहाँ भन्नुभयो एउटा सस्थाले त हाम्रो ठाँउमा केही नमुना काम गरेर जाउ भन्ने धारणा राख्छ भने हामी आफ्नै समुदायको हितका लागि सधै तत्पर रहन आवश्यक रहेको बताइन् ।

परियोजनाले काम गरेका गतिविधिको अनुगमन तथा मुल्यांकन गर्दा  केही सुधार भएको आइडिएस नेपालका निर्देशकले बताउनु भयो। सस्थाले लगानी गरेका क्षेत्रमा पालिकाले नीति तथा कार्याक्रम बाट बजेट बिनियोजन गरि ती कार्यहरुलाइ पुर्णता दिइरहेको पाइएको छ।

त्यस्तै इजिआरपिका जिल्ला संयोजक हिक्मत भण्डारिले  बिध्यार्थिको सिकाइ प्रविधिलाइ प्रभावकारि बनाउन कक्षा कोठा भित्रको सिकाइ प्रक्रिया र शैक्षिक सामाग्री उपलब्ध गराइरहेको बताउनु भयो। शिक्षको क्षमता विकास सङै बाल कक्षाका विद्यार्थीलाई होर्डिङ बोर्ड ,पम्पेलेट र चित्रका माध्यम बाट सिकाई प्रभावकारि भएको जनाएका छन् । सयुक्त अनुगमन तथा पालिका स्तरीय समिक्षा कार्याक्रमा साझेदारी सस्थाका संयोजक ,अबलोकनकर्ता , पालिकाका जनप्रतिनिधि ,पालिकाका प्रत्येक शाखाका कर्मचारी र पत्रकारको उपस्तिथि रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
भर्खरै