नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी नगरपालिकामा आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न 


बझाङ : जयपृथ्वी नगरपालिकामा आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आज आइतबार नगरपालिका भित्रका सम्पुर्ण आधारभूत विद्यालयहरुबिच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

हाजिरीजवाफ प्रतियोगितामा सुनिपिपलचौर माध्यमिक विद्यालय सुवेडाले प्रथम स्थान हाँसिल गरेको छ । द्वितीयमा बझाङ मेरीगोल्ड इङ्लिस बोर्डिङ स्कुल, तृतियमा सेती साइपाल इङ्लिस बोर्डिङ स्कुल र सत्यवादि मावि भोपुरले चौथो स्थान हाँसिल गरेको छ । उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यालयका विद्यार्थीहरुलाई प्रमाणपत्र, विभिन्न शैक्षिक सामाग्रिहरु सहित सम्मान गर्नुका साथै पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा नगरपालिका भित्रका २२ वटा आधारभूत विद्यालयबाट कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्ने उद्येश्य सहित प्रत्येक वर्ष विभिन्न निबन्ध, वक्तित्वकला, हाजिरीजवाफ लगाएतका प्रतियोगिता सञ्चालन गर्दै आएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक देवेन्द्र जोशीले बताउनुभयो ।

कार्यक्रमको समापन समारोहमा बोल्दै कार्यक्रमका सभाध्यक्ष समेत रहनुभएका कार्यवाहक नगरप्रमुख एवं वडा नम्बर ६ का वडाध्यक्ष नरेन्द्र बहादुर सिहँले विद्यार्थीहरुको सर्वांगीण विकासको लागि किताबि ज्ञानले मात्रै नपुग्ने भएकाले यस्ता अतिरिक्त क्रियाकलापहरु अत्यन्तै महत्वपुर्ण हुने बताउनुभयो । नगरपालिकाको शिक्षा शाखाले केहिदिन अघि मावि स्तरीय निबन्ध प्रतियोगिता र आधारभूत विद्यालयस्तरीय वक्तित्वकला समेत सञ्चालन गरेको थियोे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै