नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँ गाउँपालिकाको देउरामा नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको एक्स्टेन्सन काउन्टर सञ्चालन 

बझाङ : बझाङको केदारस्युँ गाउँपालिकाको मुख्य केन्द्र रहेको देउरा बजारमा नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर स्थापना गरिएको छ । आज गाउँपालिका अध्यक्ष गणेश बोहोरा, उपाध्यक्ष मनिसा धामि र प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले काउन्टरको उद्धघाटन गर्नुभएको हो ।

काउन्टरको उद्धघाटन गर्दै गाउँपालिका अध्यक्ष बोहोराले ग्राहाकको मन जित्दै गएको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले आफ्नो गाउँपालिकामा आएर सेवा दिन थालेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले अब बैकंले कृषि, महिला उद्यमशिलता लगाएतको क्षेत्रमा रोजगार बढाउने तथा उत्पादनमुलक क्षेत्रमा लगानि र पालिकाबासिहरुको आर्थिक उन्नतीमा हातेमालो गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पालिकाको केन्द्रमा बैंक शाखा नहुँदा बैंकिङ कारोबारमा समस्या देखिएपछि गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरुको पहलमा देउरा बजारमा बैंक शाखा स्थापना गरिएको हो । अब स्थानियहरुले बैंकिङ कारोबारको लागि पालिका बाहिर धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै