नेभिगेशन
सुदूरपश्चिम

धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु, कैलालीमा निषेधाज्ञा लम्बाउने निर्णय

धनगढी : धनगढीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३ की ३८ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले श्वासप्रश्वास सम्बन्धी समस्या भएकी ती महिलाको कडा खालको निमोनियाका कारण मृत्यु भएको जानकारी दिए ।

यसअघि शनिबार सेती अस्पतालमा उपचाररत अन्य तीनजना संक्रमितको पनि मृत्यु भएको थियो ।

निषेधाज्ञा लम्ब्याउने निर्णय

यसैबीच शनिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कैलालीमा जारी निषेधाज्ञाको अवधी बढाउने निर्णय गरेको छ ।

वैशाख १६ गतेदेखि २२ गतेसम्म लागु हुने गरी जारी गरेको निषेधाज्ञाको अवधी लम्ब्याएर वैशाख ३० गतेसम्म पु्‍र्‍याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरसको जोखिम कम भएका चुरे गाउँपालिका र मोहन्याल गाउँपालिका बाहेकका सबै पालिकामा वैशाख ३० गतेसम्म निषेधाज्ञा कायम रहनेछ ।

यस्तै बैठकले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर वैशाख २० गतेदेखि बैंक तथा वित्तीय संस्था बिहान ९ देखि साढे ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ भने एउटा संस्थाले दिनमा एउटा शाखाबाट मात्र सेवा दिन पाउने छ ।

अत्यावश्यक बाहेकका सबै सेवाप्रवाह गर्ने सरकारी निकायमा कार्यरत कर्मचारी आवश्यक परेका बखतमात्र काममा आउने गरी आलोपालो व्यवस्था मिलाउन समेत निर्देशन दिइएको सूचना अधिकारी जोशीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै