नेभिगेशन
सुदूरपश्चिम

 हिमाली जिल्लामा हिमपात सुरु

 हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । हिजो आइतवार रातिसम्म सफा रहेको मौसममा हावाहुरी शुरु भएसँगै आज सोमवार बिहानैदेखि हिमापात शुरु भएको हो ।

हुम्लामा यो वर्षको पहिलो हिमपात भएको हो । हिमपात शुरु भएसँगै किसान खुशी भएका छन् । हिमपातपछि खेती सप्रिने उनीहरूले बताएका छन् । हिमपातले किसान खुशी भए पनि चिसो बढेसँगै जनजीवन प्रभावति भएको छ ।

humla_1701677836.jpg

सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको र उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ को हल्जी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताउनुभयो । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाइ भएको उहाँले बताउनुभयो ।

हिमपात शुरु हुनुअघि नै उच्च हिमाली क्षेत्रका बासिन्दा बेसी झरिसकेका छन् । हिल्सा नाका खुलेकाले व्यवसाय गर्नेहरू भने उत्तरी नाम्खामै रहेका छन् । हिमपातले सदरमुकाम सिमकोट र डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै