नेभिगेशन
सुदूरपश्चिम

बझाङमा लागूऔषध सहित दुई जना पक्राउ

बझाङ : बझाङमा फेरी लागूऔषध सहित दुई जना पक्राउ परेका छन्। दुर्गाथली गाउँपालिका वडा नं ४ को आमरुख भन्ने ठाँउ बाट ६ केजी ६० ग्राम लागूऔषध सहित २ जना पक्राउ परेका हुन ।

विशेष सुचनाको आधारमा गएराति प्रहरीले केदारस्युँ गाउँपालिका–९ का २९ वर्षीय प्रेमबहादुर बोहरा र सोही पालिका–८ का २८ वर्षीय सुनिल बोहरा लाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दुर्गाथलीबाट खटिएको प्रहरी टोलीले सुदुपश्चिम प्रदेश ०१–००९ प १४४० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागूऔषध फेला परेको थियो । पक्राउ परेका दुबै जनाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको र भोली सार्वजनिक गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी नीरीक्षक दिपेश चौत्ररीले बताउनु भयो ।

यसअघि खप्तड छान्ना गाउँपालिका ७ गोर्खालीमा गाँजा बनाउने उद्योगबाट प्रहरीले ठूलो परिमाणमा कच्चा पदार्थसहित तीन जनालाई पक्राउ गरेको थियो । लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा तयारी गाँजा १४ किलो २१० ग्राम, गाँजाको दाना र कच्चा पदार्थ ७७ किलो ३०५ ग्राम गरी ९१ किलो लागु औषध बरामद गरेकोे थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै