नेभिगेशन
सुदूरपश्चिम

सुर्मामा सम्पन्न चौगाउँ च्याम्पियन क्रिकेट प्रतियोगिताको उपाधि आयोजक साइनस्टार युवा क्लबलाई

शुभदिपावलीको अवषर पारि सुर्मा गाउपालिका ५ धौल्देउ माविको प्राङ्गणमा सञ्चालन भएको चौगाउँ च्याम्पियन क्रिकेट प्रतियोगिताको उपाधि आयोजक साइनस्टार युवा क्लब सुर्मा -५ ले हात पारेको छ । आज भएको फाइनल खेलमा समाजसुधार युवा क्लब दौलीचौर सुर्मा १ लाई ७३ रनले पराजित गर्दै साइनस्टार युवा क्लब सुर्मा -५ ले प्रतियोगिताको उपाधि हात पारेको हो । 

फाइनल खेलका लागि टस जितेर ब्याटिङ् रोजेको आयोजक साइनस्टार युवा क्लब सुर्मा -५ ले समाजसुधार युवा क्लब दौलीचौर सुर्मा १ लाई निर्धारित १२ ओभरमा १ सय ५० रनको लक्ष्य पेस गरेको थियो । उक्त लक्ष्यलाई पछ्याएको समाजसुधार युवा क्लब दौलीचौरले निर्धारित १२ ओभरमा लक्ष्य भेटाउन सकेन । यससँगै चौगाउँ च्याम्पियन क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गरेको साइनस्टार युवा क्लब सुर्मा -५ ले ४० हजार रुपैँयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र हात पारेको छ भने दोस्रो स्थान हात पारेको समाजसुधार युवा क्लब दौलीचौर सुर्मा १ ले १५ हजार रुपैँयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । यही कात्तिक २४ गतेबाट सुरु भएको सुर्मा चौगाउ च्याम्पियन क्रीकेट प्रतियोगितामा २० टिम सहभागी रहेका थिए । 

प्रतियोगीतामा राम्रो प्रदर्शन गर्ने ब्याटिङ् तर्फ साइनस्टार युवा क्लबका सनम बोहरा बेष्ट व्याट्स म्यान बनेका छन् भने साइनस्टारकै गोपी जेठारा बेष्ट बलर बनेका छन्। आज आयोजक साइनस्टार युवा क्लब सुर्मा -५ का अध्यक्ष जनक जेठाराको अध्यक्षता सञ्चालन भएको समापन कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ५ का वडाध्यक्ष विरबहादुर जेठारा रहनुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
भर्खरै