नेभिगेशन
सुदूरपश्चिम

दुर्गाथलीमा नेकपा एमालेका पदाधिकारी तथा जनप्रतिनिधिले गरे पहिरोले अवरुद्ध भएको बाटो सुधार

दुर्गाथली गाउँपालिकामा नेकपा एमालेका पदाधिकारी, जनप्रतिनिधि तथा एमाले समर्थक सर्वसाधरणले पहिरोले अवरुद्ध बाटो सुधार गरेका छन् । आज दुर्गाथली गाउँपालिका वडा नम्बर ४ सेलागाउँबाट दुर्गाथली गाउँपालिका वडा नम्बर ३ मटेला जाने बाटो नेकपा एमालेका पदाधिकारी, जनप्रतिनिधि तथा एमाले समर्थक सर्वसाधरणद्धारा सुधार गरिएको हो ।

वर्षातको समयमा पहिरो गएर आजसम्म अवरुद्ध भएको २०० मिटर बाटो अवरोध नेकपा एमाले प्रदेश कमिटी सदस्य दलबहादुर धामीको अगुवाइमा एमाले जिल्ला कमिटी सदस्य महेश जोशी, दुर्गाथली वडा नम्बर ३ का वडाअध्यक्ष रमेश बोहारा, वडा नम्बर ४ का वडाध्यक्ष शिवराज जोशी लगायत एमाले समर्थक कार्यकर्ता र सर्वसाधारण गरि ३० जनाले आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म काम गरेर २०० मिटर बाटो सुधार गरेका हुन् ।

बाटो सुधार भएपछि दुर्गाथलीका स्थानीयलाई आवतजावत गर्न सहज भएको एमाले जिल्ला कमिटी सदस्य महेश जोशीले जानकारी दिनुभयो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै