नेभिगेशन
सुदूरपश्चिम

पडेशमा यही कात्तिक २३ गतेबाट वडास्तरिय खुल्ला महिला पुरुष भलिबल र देउडा प्रतियोगिता

जयपृथ्वी नगरपालिका - ३ पडेशमा वडास्तरिय खुल्ला महिलापुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । वडा कार्यालयको आयोजनामा तागासेलाईको अवसर पारेर वडास्तरिय खुल्ला महिलापुरुष भलिबल प्रतियोगिता र देउडा प्रतियोगिता आयोजना गरिने भएको हो ।

आज जयपृथ्वी नगरपालिका वडा नं ३ ले एक सूचना जारी गर्दै यहिँ कार्तिक २३ गते पडेस खेल मैदानमा उक्त कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार रु. ५१ हजार १ सय ११, द्धितिय पुरस्कार रु. ३१ हजार १११ र तृतिय पुरस्कार रु. २१ हजार एक सय ११ रहेको छ ।

टिम दर्ता शुल्क रु. ५ हजार रहेको छ । महिला तर्फ भलिवल प्रतियोगितामा प्रथम पुरस्कार रु. २५ हजार, द्धितिय रु. १५ हजार र तृतिय पुरस्कार रु. १० हजार रहेको छ भने टिम दर्ता शुल्क २५ सय रहेको छ । साथै वडा कार्यलयले जारी गरेको सुचनामा कार्यक्रम अवधिभर कार्यक्रम स्थल वरपर मदिरा विक्रि वितरण तथा सेवन निषेध गरीएको समेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै