नेभिगेशन
सुदूरपश्चिम

भूकम्प पिडितको टेन्ट हटाएर थाप्लेचौरमा राष्ट्रपतिको हेलिकप्टर अवतरण !

भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका राष्ट्रपति रामचन्द्र पौडेल चढेको हेलिकप्टरले भूकम्प पिडितहरुको आश्रय स्थल धुलाम्य बनेको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेर अगाडि जाजरकोटको थाप्लेचौरमा अवतरण गरेका राष्ट्रपति पौडेलले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न त्यहाँ पुगेका हुन् । भूकम्प पिडितहरुलाई टेन्ट गाडेर राखिएको थाप्ले चौरमा राष्ट्रपतिको हेलिकप्टर अवतरण गर्ने भएपछि त्यहाँ रहेका भूकम्प पिडितका टेन्ट हटाएर हेलिकप्टर अवतरण गराइएको थियो ।

हेलीकप्टर अवतरण गर्ने चौरको छेउमा रहेका टेन्ट समेत उदाएको थियो भने साबितिर धुलाम्य भएको थियो । भूकम्प पिडितलाई राहत दिने र उद्धार गर्नुपर्ने समयमा राष्ट्रपतिको यो भ्रमणमा सम्पूर्ण सुरक्षा संयन्त्र केन्द्रित गर्नुपरेको भन्दा आम रुपमा आलोचना भएको छ ।

यूरोप भ्रमण स्थगित गरेका राष्ट्रपति आज भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका राष्ट्रपतिको यो भ्रमण बिना औचित्यको भएको स्थानीयले  टिप्पणी गरेका छन् । 'अहिले दुखको बेला यत्रो लावा लस्कर लिएर यहाँ राष्ट्रपति आउनुपर्ने काम नै छैन । त्यो पनि भूकम्प पिडितको टेन्ट हटाएर हेलिकप्टर अवतरण गराइएको छ ।' एक स्थानीयले भने ।

राष्ट्रपति जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि र रुकुम पश्चिम पनि जाने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै