नेभिगेशन
सुदूरपश्चिम

बझाङको बाग्थलामा बस र जीप एक आपसमा ठोक्किए

खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिका वडा नम्बर ४ बाग्थलामा बस र जीप एक आपसमा ठोक्किएका छन् ।

धनगढीबाट बझाङ तर्फ आइरहेको कर्णाली रिभर साइड यातायात प्रालिको सुपप्र ०१००१ ख ३२७९ नम्बरको बस र बझाङबाट धनगढी तर्फ गइरहेको सुपप्र ०१००१ च ३६१३नम्बरको जीप आज वेलुका ४:१५ बजे बाग्थला अस्थाइ चेकपोष्ट नजिकै एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मानविय क्षति भने नभएको बाग्थलाबाट जयपृथ्वी एफएम नेटवर्कका संवाददाता उज्वल विष्टले बताउनुभयो । बस र जीप दुबैको अगाडीपट्टीको भागमा क्षति भएको छ ।   दुवै जना चालकलाई अस्थाई ट्राफिक चेक पोष्ट बाग्थलाले नियन्त्रणमा लिएर अनुसन्धन गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै