नेभिगेशन
सुदूरपश्चिम

खप्तडछान्नामा चर्चित माझिगाउँ दशै मेलाको रौनक सुरु, देउडादेखि क्रिकेटसम्म हुँदै

बझाङ : खप्तडछान्ना गाउँपालिकामा माझिगाउँ दशै मेलाको उद्धघाटन गरिएको छ । हरेक वर्ष दशैं तथा शुभदिपावलीको अवसरमा सञ्चालन गरिदै आएको चर्चित माझिगाउँ दशै मेलाको आज एक औपचारिक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो । 

माझिगाउँ दशै मेला सञ्चालन समितिका अध्यक्ष अरुण रोकायाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा पुर्व राज्य तथा परराष्ट्र मन्त्रि एवं नेपाली काङ्ग्रेसका नेता अर्जुनजंग बहादुर सिहँ प्रमुख अथिती रहनुभएको थियो । विशिष्ट अतिथीमा पुर्व राज्य तथा खेलकुद मन्त्रि नरेश बहादुर सिहँ रहनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नर बहादुर बोहोरा, गाउँपालिकाका अध्यक्ष उत्तम रोकाया लगाएत जनप्रतिनिधिहरु, खेलाडी, खेलप्रेमि लगाएत स्थानियहरुको उपस्थिती रहेकोे थियो ।

मेलाको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, पालिकास्तरिय महिला भलिबल प्रतियोगिता, बृहत देउडा प्रतियोगिता, दोहोरी लगाएत विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने खप्तडछान्ना गाउँपालिका ४ का वडाध्यक्ष ईश्वर बहादुर रोकायाले जानकारी दिनुभयो खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिल्लाका २५ टिमको सहभागिता रहेको वडाध्यक्ष रोकायाले बताउनुभयो ।

पुरुष भलिबल तर्फ प्रथम पुरस्कार ६० हजार ४४४, दृतिय पुरस्कार ४० हजार ४४४ र तृतिय पुरस्कार २४ हजार ४४४ रहेको छ अन्य कार्यक्रममा पनि विजेताहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । आजबाट उद्धघाटन भएको कार्यक्रम करिब एक हप्तासम्म चल्ने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै