नेभिगेशन
सुदूरपश्चिम

बझाङ सदरमुकाम चैनपुरमा प्रहरीको छापा, लागुऔषधसहित एक जना प्रहरीकाे नियन्त्रणमा 

बझाङ प्रहरीले सदरमुकाम चैनपुरको एक हेयर कटिङ पसलबाट छापा हानेर लागुऔषध ट्रामाडोल र अन्य लागु पदार्थसहित सञ्चालकलाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चैनपुरमा रहेको सुर्जन हेयर कटिङ पसलबाट ट्रामाडोलसहित अन्य लागुपदार्थ र  पसल सञ्चालक सुर्जन धामीलाई नियन्त्रणमा लिएको हो ।

आइतबार दिउँसो ३ बजे प्रहरी सहायक हवल्दार शम्भु धामीको कमाण्डमा खटिएको  प्रहरी टोलीले पसलमा शंका लागेर खानतलासी गर्दा काठको घर्राभित्र कालो प्लास्टिकमा पोको पारी लुकाएको अवस्थामा फेला पारेको हो  । पसल सञ्चालक सुर्जन धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै