नेभिगेशन
सुदूरपश्चिम

हमासले गरेको क्रूर आक्रमणको सिकार भएका गणेशको २० दिनपछि दाहसंस्कार गरियो

इजरायलमा मारिएका जयपृथ्वी नगरपालिका-११ का गणेश नेपालीको आज दाहसंस्कार गरिएको छ । प्यालेस्टाइनी समूह ‘हमास’ को आक्रमणमा परी गत असोज २० गते मृत्यु भएका गणेशको आज २० दिनपछि सिमभाडीस्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको हो ।

बिहीबार बिहान ९ बजे काठमाडौंबाट ल्याइएको शव आज दिउँसो १२ बजे उनको निवास भोपुर पुगेको थियो । छोराको शव देखेर भक्कानिएका गणेशका आमाबुबा अचेत अवस्थामा छन् । 


उनको शवयात्रामा जिल्लाका जनप्रतिनिधिलगायत विभिन्न क्षेत्रका मानिसहरु सहभागी थिए । उनको शवमाथि नेकपा माओवादी केन्द्रले पार्टीको झण्डा पनि ओडाएको छ ।

उनी कक्षा ११ देखि विद्यार्थी राजनीतिमा लागेका उनी अखिल क्रान्तिकारी विश्वविद्यालय राष्ट्रिय समिति, सुदुरपश्चिम विश्वविद्यालय कमिटीका सचिव पनि हुन् ।  २०५५ सालमा धनलाल नेपाली र लक्ष्मी आउजीको कोखबाट जन्मिएका गणेश पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल थिए ।

 
चितवनको प्रेरणा कलेजबाट छात्रवृत्तिमा आईएस्सी पास गरेका उनी टिकापुर बहुमुखी क्याम्पसमा छात्रवृत्तिमै कृषि विज्ञानमा स्नातक पढिरहेका थिए । आठौं सेमेस्टरको इर्न्टनसिप गर्न उनी गत भदौमा इजरायल गएका थिए ।


सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल गएका थिए ।


 गएको एक महिना नबित्दै केही विद्यार्थीहरू इजरायलमाथि हमासले गरेको क्रूर आक्रमणको सिकार भए । उक्त आक्रमणमा गणेशसहित १० जना नेपालीको मृत्यु भइसकेको छ भने एक जना विद्यार्थी विपिन जोशी अझै सम्पर्कविहीन छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै