नेभिगेशन
सुदूरपश्चिम

तल्कोट गाउँपालिकामा आजबाट दशैं मेला सुरु, भोलीदेखि देउडा र भलिबल खेलहरु सुरु हुने

तल्कोट गाउँपालिकामा आजबाट दशैं मेला सुरु भएको छ । तल्कोट गाउँपालिका ५ दुर्गाभवानी खेल मैदानमा सुरु भएको दशैं मेलामा आज पहिलो दिन तल्कोटका एकदेखि सात वडासम्मका कलाकार र आयोजकबाट साँस्कृतिक प्रस्तुती राखिएको थियो ।

आजको उद्घाटन कार्यक्रम राष्टि?य युवा संघ तल्कोटका अध्यक्ष चिरञ्जीवी  बोहरा को अध्यक्षतामा सञ्चालन भएको थियो भने प्रमुख अतिथि तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकाया रहनुभएको थियो । दशैं मेला अन्तर्गत भोलीदेखि देउडा खेल र भलिबल प्रयोगीता सुरु हुने दशैं मेला व्यवस्थापक धनबहादुर विष्टले जानकारी दिनुभयो ।

देउडा खेलमा बाजुराका नम्रता जोशी र जयपृथ्वी नगरपालिका वडा नम्बर ११ प्रकाश खत्री, भीम धामी, विरेन्द्र विष्ट र सबै वडाका स्थानीय कलाकारहरु उपस्थित हुने पनि व्यवस्थापक विष्टले बताउनुभयो । उहाँका अनुसार भलिबल प्रतियोगीताका लागि बिहान ७ बजेभित्र टाइसेट हुने भएकाले सम्पुर्ण प्रतियोगी टिमलाई खेलाडीको नाम र शुल्क बुझाउन आयोजकले अनुरोध गरेको छ । 

यसैगरी मष्टा गाउँपालिका १ कोटदेवलमा पनि घचाया मेला सुरु भएको छ । आजबाट सुरु भएको मेलाको उद्घाटन मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले गर्नुभएको छ । मेलामा खुल्ला महिला पुरुष भलिबल प्रतियोगीतासँगै देउडा तथा साँस्कृतिक कार्यक्रम भइरहेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै