नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्र्यवहार गर्ने दुई जना प्रहरी नियन्त्रणमा

जयपृथ्वी अस्पताल प्रा.लि चैनपुरको फार्मेसीमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । हिजो जयपृथ्वी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात गर्ने ठाउँका सुदिप सुनार र सन्तोष कुवरलाई पक्राउ गरिएको हो ।

घाइते भएका स्वास्थ्यकर्मी खड्कालाई भने जिल्ला अस्पताल बझाङमा सामान्य उपचार पश्चात थप उपचारको लागि धनगढी रिफर गरेको र उहाँको अवस्था अहिले मध्यम रहेको जनाईएको छ । प्रिगावलिन, ट्रामाडोल र कफट्याव डि नामक औषधि माग्न खोज्दा डाक्टरको सल्लाह विना औषधी दिन सकिन्न भनेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा फार्मासिष्ट मदन खड्का माथि अभद्र व्यवहारसँगै कुटपिट भएको थियो ।

यी औषधी संवेदनशिल भएकाले डाक्टरको अनुमति विना खुल्ला रुपमा बिक्री वितरण गर्न पाइँदैन । यी औषधीलाई यहाँका युवाले लागुऔषधका रुपमा प्रयोग गर्दै आएको खुलेको छ ।

दसैैंको बिदाको दिनमा पनि नागरिकको स्वास्थ्य उपचारका लागि ड्युटिमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै जयपृथ्वी अस्पतालले प्रेस विज्ञप्तीसमेत जारी गरेको थियो । स्वास्थ्यकर्मीमाथि कुटपिट तथा दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्न अस्पतालले माग गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै