नेभिगेशन
सुदूरपश्चिम

बझाङमा दशैंकै दिन खोलामा बगेर एक बालकको मृत्यु 

बझाङमा खोलमा बगेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तडछान्ना गाउँपालिका - ४ का जोगेन्द्र रोकायाका ०६ वर्षीय छोरा विवेक रोकाया रहेका छन् । 

उनी आज दिउँसो ०३ बजे ११ वर्षिय दाइसँगै खोला तर्न खोज्दा बगेका थिए । उनको बगेको केहीबेरमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  दशेंकै दिन छोरा गुमाउँदा जोगेन्द्रको परिवारमा सन्नाटा छाएको छ । 

उक्त घटनास्थल प्रहरी चौकी छान्ना र खप्तडछान्ना गाउँपालिकाको कार्यालय पसलबगरबाट करिब १००/१५०  मीटरको दूरीमा मात्र रहेको र दैनिक आवतजावत गर्ने मूलबाटोसमेत रहेको बताइएको छ । खोलामा पानीको बहाब धेरै भएका कारण ससाना बालबालिकालाई खोला तर्न असहज हुने गरेको स्थानीयको भनाई छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै