नेभिगेशन
सुदूरपश्चिम

भूकम्पले भत्किएको बालविकास माविलाई नेश्नल लाईफ ईन्स्योरेन्सको आर्थिक सहयोग 

भूकम्पबाट बढी क्षति भएको बझाङको जयपृथ्वी नगरपालिका ४ गोलाईको बालविकास माविलाई नेश्नल लाइफ ईन्स्योरेन्स कम्पनीले पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयमा शुक्रवार एक कार्यक्रमकाबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेश प्रशाद खत्रीले विधालयलाई ८ लाख ५१ हजारको चेक हस्तान्तरण गर्नु भएको हो । भूकम्पले भत्काएको विद्यालयमा केही हदसम्म भए पनि पुर्नर्निर्माणमा सहयोग पुगाउने उदेश्यले कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो रकम हस्तान्तरण गरिएको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताउनुभयो ।

बझाङको जयपृथ्वी नगरपालिका -१० चैनपुर जन्मथलो भएका खत्री आफै विद्यालयमा पुगेर रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै खत्रीले भूकम्पले क्षतिग्रस्त बनाएको आफ्नो गाउँठाउँमा संस्थागत रुपमा केही मात्रामा भए पनि सहयोग गर्न पाउँदा खुसी भएको बताउनुभयो ।

विद्यालयलाई प्रदान गरिएको आर्थिक सहयोगबाट एक कोठे पुस्तकालय निर्माण गरिने विधालयका प्रधानाध्यापक केशबहादुर खातीले बताउनुभयो । गएको असोज १६ गते आएको भूकम्पले बालविकास माविको भवन भत्किएर बस्न नमिल्ने अवस्थामा भएपछि पठनपाठनमा समस्या भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै