नेभिगेशन
सुदूरपश्चिम

बझाङका विभिन्न ठाउँमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान

बझाङका विभिन्न ठाउँमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गरिन लागिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका विज्ञले भूकम्पीय जोखिमयुक्त क्षेत्रको पहिचान गरी थप सेस्मोमिटर जडान गर्न लागेका हुन्। 

बझाङ सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारैवटै दिशाहरु आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सुर्मा गाउँपालिकाको दौलिचौर, पश्चिमतर्फ दुर्गाथली गाउँपालिका, दक्षिणतर्फ जयपृथ्वी नगरपालिकामा सेस्मोमिटर जडान गर्न लागिएको भूगर्भ तथा खानी विभागका निर्देशक तथा वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले बताए। 
 
पूर्व–पश्चिम, उत्तर–दक्षिण गरी चारै दिशामा सेस्मोमिटर जडान गर्दा भूकम्पको केन्द्र, समय, रेक्टरस्केल पत्ता लगाउन सजिलो हुने भएकाले सेस्मोमिटर जडान गर्न लागिएको हो। 

यसअघि बझाङमा खप्तडछान्नाको बयानामा मात्रै सेस्मोमिटर जडान गरिएको भए पनि उक्त ठाउँबाट यसपटकको भूकम्पको केन्द्र चार–पाँच किलोमिटरसम्म भएकाले मापनमा समस्या देखिएकाले थप सेस्मोमिटर जडान गर्न लागिएको भूगर्भविद् डा. अधिकारी बताए। 

अहिलेसम्म नेपालभर ४२ स्टेशन –मापनयन्त्र बनाएर भूकम्पको निगरानी गर्ने गरिएको छ। बझाङमा असोज १६ गते यता साढे चार सय बढी चैनपुर आसपासमै केन्द्र बनाएर भूकम्प गएको र यसरी चारै दिशामा मापकयन्त्र राख्दा छिटो र कम त्रुटिमा पत्ता लगाउन सजिलो हुने भएकाले थप सेस्मोमिटर जडान गर्न लागिएको उनले बताए। 

साथै बझाङको तल्कोट र मष्टा गाउँपालिका सिमा तपोवनमा आउने तातोपानीबाट तापक्रम र ग्यासहरुको अध्ययन अनुसन्धान गरी भूकम्पबारे पत्ता लगाउन सकिने पनि भूगर्भ तथा खानी विभागका निर्देशक तथा वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले बताए। उनले अन्य ठाउँको तातो पानी र यहाँको तातोपानीबीचको फरक छुट्याउने र बझाङको भू–गर्भभित्र रहेका तत्वबारे अनुसन्धान गरि भुकम्पबारे थप जानकारी लिन सकिने बताए। 

गोरखा भूकम्पको सम्बन्ध रसुवाको तातोपानीसँग जोडिएको हुँदा यहाँ पनि केही केही सम्बन्ध हुन सक्ने अनुमान भूगर्भविदको छ। बझाङमा भूकम्प आएपछि यसको अनुसन्धान गर्न तीनदिनदेखि भुगर्भविदको टोली यहाँ आएको छ। टोलीले अस्थायी मापन केन्द्र स्थापना गर्ने र क्षतिबारे अध्ययन गर्ने कार्य गरिरहेको छ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै