नेभिगेशन
सुदूरपश्चिम

सिगासका किसानलाई मकै भित्र्याउन भ्याइ नभ्याई 

बैतडीको सिगास गाउँपालिकाका विभिन्न ठाउँहरूमा  किसानलाई यतिवेला मकै भित्र्याउने चटारो छ । किसान अहिले मकै तोड्ने र भित्र्याउने काममा व्यस्त भएका छन । 

सिगासका प्रायः सबै ठाउँका किसानहरू बिहानदेखि बेलुकासम्म मकै थन्क्याउनमा व्यस्त छन् । चर्को घामको परवाह नगरी उनीहरू अहिले मकै भित्र्याइरहेका छन्। 

बेसी क्षेत्र तिर मकै खेतबारीमा पाकिसकेकाले चाँडै तोड्ने गरिएको स्थानिय राम साउदले बताउनुभयो ‘मकै भित्र्याउने सिजन भएकाले हामी खेतमै व्यस्त छौँ, हाम्रो अहिलेको दैनिकी खेतमै बितिरहेको छ, यो बेला कामको व्यस्तताले कसैसँग भेट्ने फुर्सदसमेत छैन,’ उनले भने, ‘बाली भित्र्याउने समयमा चर्को घामको त ख्यालै हुँदैन ।’ बेसी क्षेत्र तिर मकै तोडिसकियो सिगासका लेकाली भागमा मकै तोड्ने, भित्र्याउने चटारो छ । '

सिगास गाउँपालिकाका ९ वटै वडाका सबै ठाउँहरूमा मकै खेती गरिन्छ । अधिकांश स्थानमा जंगली जनावर लगायत हावाहुरीका कारण मकै बाली ढल्नुका साथै व्यापक रूपमा क्षेती समेत भएको थियो । कुनै क्षेत्रमा बालीनाली नष्ट हुँदा भोकमरीको समेत चिन्ता बढेको छ । 

सिगासका बेसी क्षेत्र ढुङ्गाड, खैरकोड, न्वाघर, टोटेर, लेकम, चौखाम लगायतका ठाउँहरुमा मकै तोड्ने, भित्र्याउने काम सकिएको छ भने यी क्षेत्रहरू बाहेक सिगासका लेकाली भागमा मकै तोड्ने, भित्र्याउने चटारो रहेको स्थानिय हर्क साउदले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै