नेभिगेशन
सुदूरपश्चिम

सिगास गाउँपालिकामा विद्युत सवस्टेशन निर्माण कार्य हुँदै

बैतडीको सिगास गाउँपालिकामा विद्युत सवस्टेशन निर्माण कार्य हुँदैछ । सिगास गाउँपालिका वडा नंवर १ स्थित बिन्द्रावनमा विद्धुत सवस्टेशन निर्माणको काम तिव्र रुपमा अघि बढेको हो ।

सिगास गाउँपालिकाको टिम लगायतको उपस्थितिमा साउनमा उद्घाटन गरिएको सवस्टेशन निर्माणको काम अहिले तिब्र रुपमा अघि बढ्दै गएको गाउँपालिकाले जनाएको छ । इन्डियन ठेकेदार अपिल र नेपाली ठेकेदार पेराडाइजको सहकार्यमा निर्माण गरिन थालिएको सवस्टेशन निर्माणको काम फिल्ड कटिङ सकिएर अहिले जगको काम अघि बढेको निर्माण कम्पनीले जनाएका छन् ।

उक्त सवस्टेशन निर्माणको काम असोज ९ गते मङ्गलबार सिगास गाउँपालिका उपाध्यक्ष धाना धामी, शिक्षा अधिकृत रमेश प्रसाद भट्ट, सिगास - ६ का वडा अध्यक्ष तेज बहादुर साउद, सिगास - १ का वडा अध्यक्ष रामचन्द्र ऐर, कार्यपालिका सदस्य रमेश भुल र सीता पोखरेल सहितको टिमले उक्त सवस्टेशन निर्माण कार्य अनुगमन समेत गर्नुभएको थियो ।

सवस्टेशन निर्माण सँगै सिगास गाउँपालिका,सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिकामा एल टि र एच टि लाइन विस्तारको कार्य समेत दुई वर्ष भित्र गरिसक्ने पेराडाइजका साइट इन्जिनियर रमेश कुमार शर्माले बताउनुभयो । उक्त सवस्टेशन निर्माणको काम सम्मपन्न भए पछि बैतडीको सिगास गाउँपालिका, सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिकामा बिन्द्रावन विद्धुत सवस्टेशन मार्फत बिजुली वितरण गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै