नेभिगेशन
Dashain Banner
Dashain Banner
जयपृथ्वी विशेष

तल्कोटको खौलामा यसरी भएको थियो आगलागी

दिउँसोको उखरमाउलो गर्मी थियो । खौलाका व्यापारी सबै आ- आफ्नै धुनमा थिए । दिउँसोको २:३० बजे उत्तम चँदाराको काठ र जस्तापाताले छाएको ईलेक्ट्रोनिक पसलबाट अचानक धुँवाको मुस्लो देखियो ।

दिउँसोको १ बजेपछि खौला बजारमा हावा चल्ने समय भएकाले वरिपरि रहेका पार्वतीदेवी सिंहले सञ्चालन गरिरहेको हाते होजियारी उद्योग र अनिस सुनारले सञ्चालन गरिरहेको सुनचाँदी पसलमा आगोको लप्काले छुन समय लागेन ।

आगो बाहिर देखिन थालेपछि पसल सञ्चालक सिंह आत्तिदै बाहिर निस्केर गुहार माग्न थालिन् । आगलागी सुरु भएको पसलका सञ्चालक उत्तम चँदारा काम विशेषले चैनपुर थिए भने मिन बहादुर गुरुङ साइपाल गएका छन् । सँगैको सुनचाँदी पसल सञ्चालक अनिस सुनार पनि काम विशेषले बाहिर हुँदा आगो नियन्त्रण गर्न सहज भएन ।

बन्द रहेका पसलभित्र रहेका ग्याँस र अन्य वस्तुले झन् झन् आगोलाई बल पुग्यो । आगो नियन्त्रका लागि खौलादेखि दाँतोलासम्मका स्थानीय, तल्कोट गाउँपालिकाका जनप्रतिनिधि र प्रहरी भए पनि पानी अभाव र हावाको बेगले गर्दा आगो नियन्त्रण गर्दा करिब तीन घण्टा लाग्यो ।

तीनघण्टासम्म लगातार दन्केको आगोले हेर्दाहेर्दै पाँच पसलमा पूर्णरुपमा क्षति पुर्‍यायो भने एक पसलमा आंशिक क्षति हुन पुग्यो ।

आगो नियन्त्रणपछि आगलागीको कारण के रहेछ भन्नेमा सबै पुगे । आगो सुरु भएको चँदाराको इलेक्ट्रोनिक तथा मोबाइल ग्यालरी पसल बन्द भएकाले सबैले सोलारको तार सर्ट भएको हुनसक्ने अनुमान गरेका छन् तर यकिन खुल्न सकेको छैन ।

आगलागीबाट उत्तम चँदाराले सञ्चालन गरिरहेको मोबाइल ग्यालरी तथा कम्प्युटर टेर्निङ सेन्टर, अनिस सुनारले सञ्चालन गरिरहेको सुनचाँदी पसल, पार्वतीदेवी सिंहले सञ्चालन गरिरहेको हाते होजियारी उद्योग, मिनबहादुर गुरुङले सञ्चालन गरिरहेको होटेल तथा किराना पसल, अन्जली शाह सिंहले सञ्चालन गरिरहेको शृङ्गार तथा फेन्सी पसलमा पूर्ण क्षति पुगेको छ भने बिष्णु बुढाले सञ्चालन गरिरहेको मोबाइल ग्यालरीको आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 


प्रहरीका अनुसार अनुसार केही पसल सञ्चालक घटनास्थलमा नभएकाले अझैं क्षतिको यकिन विवरण आउन बाँकी छ । आगो नियन्त्रण गर्न स्थानीय र प्रहरी खटिएका थिए । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप जयपृथ्वी विशेष
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...