नेभिगेशन
सुदूरपश्चिम

जिल्ला अस्पतालमा सञ्चालन भइरहेको शिविरमा हिजो र आज ५ सय ७९ जनाले सेवा लिए

नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल, स्वास्थ्य कार्यालय बझाङ र बित्थडचिर गाँउपालिकाको आयोजनामा जिल्ला अस्पतालमा सञ्चालन भइरहेको शिविरमा हिजो र आज ५ सय ७९ जनाले सेवा लिएका छन् ।

पुरानो जिल्ला अस्पतालको भवनमा सञ्चालन भइरहेको शिविरमा ९५ जनाको आँखाको अप्रेसन गरिएको छ भने बाँकी ४ सय ८५ जनाको सामान्य चेकजाँच गरिएको हो ।

शिविर भोली अन्तिम दिन जिल्ला अस्पतालमा चल्नेछ भने बझाङ्गदीप क्याम्पसमा झोतामा यही असोज ११ देखि १३ गतेसम्म चल्ने गेटा आँखा अस्पताल सिमखेत शाखाका इन्चार्ज सगुन तामाङले बताउनुभयो ।

उहाँका अनुसार यसअघि वित्थडचिर गाउँपालिकाको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा २ सय ५५ जनाले सेवा लिएका छन् । जसमा ३६ जनाको मोतिविन्दुको अपे्रशन गरीएकोमा १ सय ५५ जनालाई निःशुल्क चस्मा र औषधि समेत बितरण गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै