नेभिगेशन
सुदूरपश्चिम

जिल्ला अस्पताल बझाङमा नशा तथा मानसिक रोग विशेषज्ञ आउने

जिल्ला अस्पताल बझाङमा एकदिका लागि नशा तथा मानसिक रोग विशेषज्ञ आउने आउने भएका छन् ।

जिल्ला अस्पताल बझाङमा यहि असोज ११ गते बिहिवार एक दिनको लागि नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर निराजन भट्टराईले सेवा दिने भएकाले निन्द्रा राम्रो नपर्ने खानामा रुची घट्दै जाने, दुब्लाउँदै जाने, मुटु ढुकढुक हुने, डर लाग्ने जस्तो हुने हात गोडा झम्झमाउने, शरिरमा बल जाँगर फिटिक्कै नलाग्ने, दिक्दार लाग्ने, जिन्दगी बेकार लाग्दै आउने, रुन मन लाग्ने र धेरै लामो समयसम्म टाउको दुखेको र ठिक नभएको लक्षणहरु भएका बिरामीहरुको उपचार गरिने जिल्ला अस्पताल बझाङले जनाएको छ । 

साथै बारम्बार बेहोस हुने, छारे, मृगी रोग सम्बन्धी समस्या भएका बिरामी अत्यधिक रक्सी, जाँड तथा अन्य लागुपदार्थ सेवन छुटाउन नसक्ने 'ठूला कुरा गर्ने, नबुझिने कुरा गर्ने, शंकालु ठूलो उमेरसम्म पनि ओछ्यानमा पिसाब गर्नेहरुको पनि उपचार गरि परामर्श दिइने जिल्ला अस्पतालका डाक्टर नवराज जोशीले जनकारी दिनुभयो । 

उक्त समस्या भएका बिरामीहरुले असोज ११ गते अस्पतालमा आइ उपचार गराइ लाभ लिन पनि जिल्ला अस्पतालले हुन अनुरोध छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सुरेश धामी विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेका छन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै