नेभिगेशन
सुदूरपश्चिम

बुंगलमा स्रोत व्यक्ति र नगर प्रमुख मिलेर एक विद्यालयलाई शिक्षक भर्ना गर्न दिए अख्तियारी

जिल्लाको बुंगल नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति धनकृष्ण रेग्मीले नगर शिक्षा समितिलाई जानकारी नदिइ एक विद्यालयलाई शिक्षक भर्ना गर्नको लागि  अख्तियारी दिएका छन् । बुंगल नगरपालिका–०३ मा रहेको रत्न माध्यामिक विद्यालय खोल्लेकलाई  शिक्षक भर्ना गर्नको लागि  अख्तियारी दिएका छन् ।   

स्रोत व्यक्ति धनकृष्ण रेग्मीले नगरपालिकाका शिक्षा शाखा प्रमुख देवराज जोशीलाई कुनै पनि जानकारी नदिई तथा नगरपालिकाले दरबन्दी सृजना नगरी, नगर शिक्षा समितिमा र नगरकार्यपालिकामा कुनै पनि छलफल तथा निर्णय नै नगरी उक्त विद्यालयलाई कक्षा ११ मा अंग्रेजी विषयको शिक्षक नियमा अनुसार भर्ना गर्नको लागि र कक्षा ९ र १० मा गणित विज्ञान विषयको शिक्षक  दैनिक ज्यालादारीमा भर्ना गर्नको लागि भन्दै अख्तियारी दिइएको हो । 

नगरपालिकाले नगरकोटामा शिक्षक तथा कर्मचारी राख्न दरबन्दी श्रृजना गर्नू पर्ने व्यवस्था छ । त्यसपछि नगर साभाबाट बजेट पास गराएर नगर कार्यपालिकामा छलफल गरी शिक्षा समितीले विद्यालयमा शिक्षक भर्ना गर्नको लागि विव्यसले माघ गरेपछि अख्तियारी दिने  व्यवस्था रहको भए पनि अनाधिकृत अनावश्यक पत्र लेखेर विद्यालयलाई दिएको बताइएको छ । 

यस विषयमा बुंगल नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति धनकृष्ण रेग्मीले भने निर्णय नभएको भएपनि विद्यालय व्यवस्थापन समितिले शिक्षक छिटो चाहियो भन्दै नगरपालिकामा पत्र पठाएको र  नगर प्रमुख जय बहादुर धामीले पनि शिक्षक भर्नाको लागि  विद्यालयलाई अख्तियारी दिन भनेपछि आफूले पत्र लेखेर पठाएको बताउनुभयो  । उहाँले नगर कार्यपालिकामा र शिक्षा शाखामा निर्णय पछि गर्ने पनि बताउनुभयो ।

यस विषयमा नगर प्रमुख धामीले भने नगरपालिकाले बजेटको व्यवस्था गर्ने तथा कार्यपालिकामा निर्णय गर्नु नपर्ने र शिक्षा शाखाले आफ्नो अधिकार प्रयोग गरेर बिद्यालयलाई शिक्षक भर्नाको लागि अख्तियारी दिएको बताएका छन् । 

2221695529156.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सुरेश धामी विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेका छन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै