नेभिगेशन
सुदूरपश्चिम

चैनपुरमा आगलागी हुँदा एक फेन्सी पसल जलेर नष्ट, दमकल आगो नियन्त्रणमा लिइसकेपछि आयो

बझाङ सदरमुकाम चैनपुरमा आगलागी हुँदा एक फेन्सी पसल जलेर नष्ट भएको छ । चैनपुरस्थित प्रशासन रोडमा रहेको कैलाश फेन्सी पसलमा आज बिहान ३ बजेर विद्युत सर्ट भइ आगलागी भएको हो । आगलागीबाट पसलभित्र रहेका करिब एक करोड बढीका सामान जलेर नष्ट भएको सञ्चालक डबल खड्काले बताउनुभयो ।

निन्द्रामा भएकाले आगलागी भएको ढिलो गरि थाहा पाउँदा पसलभित्रको सामान जलेर नष्ट भइसकेको पसलका सञ्चालक खड्काको भनाई छ । थाहा पाउनसाथ स्थानीय मिलेर आगो नियन्त्रणमा लिएको आरजे मोबाइल ग्यालरीका सञ्चालक जनकराज धामीले बताउनुभयो ।

दुई घण्टा बित्दा पनि नगरपालिकाको दमकल नआएको व्यापारीहरुको गुनासो छ । आगलागीबाट भने कुनै मानवीय क्षति नभएको स्थानीयबासीले जनाएका छन् ।

पसल सञ्चालक अर्को घरमा बस्ने भएकाले राती ३ बजेको समयमा स्थानीयले आगो लागेको देखेर पसल सञ्चालकलाई खबर गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै