नेभिगेशन
सुदूरपश्चिम

बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या, फरार व्यक्तिको खोजीमा प्रहरी

बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या भएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षिय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षिय बिजुली मण्डेलले खुकुरी प्रहार गरि हत्या गरेको आरोप लागेको छ ।

शुक्रबार (आज) साँझ ७: ३० बजे हत्या गरि आरोपित फरार भएको स्थानीय मिन बहादुर मण्डेल बताउनुभयो । उहाँका अनुसार सामान्य बोलचाल हुँदा आरोपित बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।

प्रहरीका अनुसार हत्यारा आरोपित बिजुलीको लोकेसन ट्र्याक गरेर खोजी भइरहेको र केहीबेर पक्राउ पर्ने सम्भावना रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै