नेभिगेशन
सुदूरपश्चिम

बझाङका विद्यार्थीलाई 'नेपाल ल क्याम्पस' मा ७ लाखको छात्रवृत्ति कोष

बझाङमा स्थायी घर भइ काठमाडौंस्थित नेपाल ल क्याम्पसमा कानुन अध्ययन गर्न चाहनेले छात्रवृत्ति पाउने भएका छन् । यसको लागि क्याम्पसमा 'माताश्री पद्मा मल्ल' छात्रवृत्ति कोषको स्थापना गरिएको छ ।

हाल स्विडेनको स्टकहोम विश्वविद्यालयबाट सेवा निवृत्त भएका प्राध्यापक डाक्टर कटक मल्लले छात्रवृत्ति कोषको स्थापना गरेका हुन् । नेपाल ल क्याम्पसका पूर्वप्राध्यापक समेत रहेका मल्लले आफू यहाँ अध्यापनरत रहँदा पारिश्रमिकबाट कट्टि भएर सञ्चयकोषमा जम्मा भएको सात लाखबाट उक्त छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।

सो रकमको ब्याजबाट प्रत्येक वर्ष एक जना बझाङबासी जेहेन्दार विद्यार्थीलाई कानुनमा स्नातक (बीए एएलबी) पढाउने गरी मल्लकी आमाको नामबाट 'माताश्री पद्मा मल्ल' छात्रवृत्ति कोष स्थापना भएको नेपाल ल क्याम्पसले जनाएको छ । उक्त छात्रवृत्ति क्याम्पसको स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष असार १७ गते प्रदान गर्ने गरी क्याम्पस प्रमुख डिएन पराजुली र मल्लबीच बिहीबार सम्झौता भएको हो ।

‘वर्षको एकै जना भए पनि गरिब तथा जेहेन्दार विद्यार्थीले खर्चको अभावमा पढनबाट बञ्चित नहोस् भन्ने उद्देश्यले यो कोषको स्थापना गरेको हुँ,' आफू पनि बझाङमै जन्मेको र बझाङका विद्यार्थीहरुले आर्थिक अभावमा उच्च शिक्षा पाउनबाट बञ्चित भएको अवस्था बुझेको बताउँदै मल्लले भने, ‘यो कोषले खर्च काठमाडौं आएर कानुन पढ्ने चाहना भए पनि आर्थिक अवस्थाले नसक्ने विद्यार्थीलाई राहत र प्रोत्साहन मिल्ने विश्वास लिएको छु ।' उनले दुर्गम क्षेत्रका विद्यार्थीलाई कानुन अध्ययनका लागि प्रोत्साहन होस् भन्ने सोचका साथ उक्त छात्रवृत्ति कोष स्थापना गरेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै