नेभिगेशन
सुदूरपश्चिम

बझाङमा राष्ट्रिय बालदिवस : सबै ठाउँमा एकै प्रकृतिका कार्यक्रम गरि मनाइयो

बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज ५९ औं राष्ट्रिय बाल दिवस बझाङभर मनाइएको छ । बझाङमा स्थानीय तह र विद्यालयको आयोजनामा आज राष्ट्रिय बाल दिवस मनाइएको हो । बालदिवसको अवसर पारि धेरैजसो विद्यालयमा स्पेलिङ कन्टेक्स्ट, हिसाब दौड, हाजिरी जवाफ, वक्तृत्वकला, चियर रेस, हन्डिफोर, बेलुन फाइट, भलिबल लगायतका खेलकुद, साँस्कृतिक र क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम गरिएको छ ।  

बाल दिवसको अवसरमा तल्कोट गाउँपालिका वडा नम्बर ६ ले वडाभरका ४ वटै विद्यालबीच स्पेलिङ कन्टेक्स्ट, हिसाब दौड, हाजिरी जवाफ, वक्तृत्वकला लगायतका कार्यक्रम गरि राष्ट्रिय बालदिवस मनाएको देवराज जेठाराले बताउनुभयो । यसैगरि पाण्डु मावि पडेशले हाजिरि जवाफ ६ देखि १० कक्षाका विद्यार्थीहरुबीच, स्पेलिङ कन्टेक्सट ४ र ५ कक्षाका विद्यार्थीबीच, चियर रेस ४ र ५ का छात्राहरुबीच, बेलुन फाइट १ देखि ३ कक्षाका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराइएको छ । यस्तै विद्यालयले सदन सदनबीच छात्रछात्रा भलिबल प्रतियोगीता पनि सञ्चालन गरेको थियो ।  

यसैगरी जयपृथ्वी नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा परिवर्तनशिल बालक्लव पडेशको आयोजनामा पाण्डु माविमै वडा नम्बर ३ भित्रका आधारभूत तहका विद्यालयहरुबीच हिसाब दौड, कविता वाचन प्रतियोगिता, साँस्कृतिक कार्यक्रम गरिएको क्लबका अध्यक्ष अच्युत पाण्डेले बताउनुभयो ।  

उता दुर्गाथली गाउँपालिका वडा नम्बर २ जुजी जौनारमा रहेको महालिङ आधारभुत बिध्यालयले पनि  विभिन्न कार्यक्रम गरिबालदिवस मनाउने भएको छ । विद्यालयले नाचगान ,नाटक ,गित, कबिता,गजल, हास्यव्यंग्य, डेउडा लगायत कार्यक्रम गरेर बाल दिवस मनाएको छ । यसैगरि घचायामा मावि मष्टा १ कोटदेवल, बाल विकास मावि तल्कोटमा पनि विभिन्न गरि ५९ औं बाल दिवस मनाइएको छ ।  

उता दुर्गाथली गाउँपालिका वडा नम्बर २ जुजी जौनारमा रहेको महालिङ आधारभुत बिध्यालयले पनि  विभिन्न कार्यक्रम गरिबालदिवस मनाएको छ । विद्यालयले नाचगान, नाटक, गित, कबिता, गजल, हास्यव्यंग्य, डेउडा लगायत कार्यक्रम गरेको जनाएको छ ।

यता मष्टा गाउँपालिका वडा नम्बर ३ ढडारमा रहेको मालिका आधारभूत विद्यालयले पनि विविध कार्यक्रम गरि बाल दिवस गरि मनाएको छ । मालिका आधारभूत विद्यालयले हाजिरी जवाफ, नृत्य, स्पेलिङ कन्टेक्स्ट, अभिभावकबीच हण्डिफोर प्रतियोगीता र महिलाहरुबीच चियर रेस प्रतियोगीता गरि बाल दिवस मनाएको निकेश धामीले बताउनुभयो । उता थलारा गाउँपालिका र प्रगतिशिल युवा समाजको सहयोगमा त्रिभुवन माविको आयोजनामा ऐश्वर्य प्रावि मोयल, भुवनेश्वरि प्रावि ठिङ, सरस्वती प्रावि डिखला, धौल्देउ प्रावि गडिगाउँ, त्रिभुवन मा वि महेन्द्रधारको सहभागितामा विभिन्न कार्यक्रम गरि बालदिवस मनाइएको छ । यस्तै थलारा २ को खापरदेव आधारभूत विद्यालयले पनि हाजिरी जवाफ, बेलुन दौड, वतृत्वकला प्रतियोगीता लगायतका कार्यक्रम गरि ५९ औं राष्ट्रिय बालदिवस मनाएको छ ।  खप्तडछान्ना गाउँपालिकामा बालदिवसको अवसर पारेर विद्यार्थीको क्षमता विकास गर्न विभिन्न प्रतियोगिताहरू गरिएको छ । आज ५९ औं बालदिवसको अवसरमा खप्तड मावि कालुखेतीमा वक्तृत्व प्रतियोगित, हाजिरीजवाफ, चित्रकलालगायतका प्रतियोगिताहरू गरिएको गरिमा परियोजनाका संयोजक विक्रम जोशीले बताउनुभयो ।

जिल्लाभर बालदिवस मनाए पनि बालबालिकाको हक अधिकारमा अझैं अभिभावक र सरकार गम्भीर नभएको बालबालिकाको भनाई छ । जयपृथ्वी नगरपालिका- ३  पडेशका अन्तिमा खड्काले सरकारले बालबालिका मैत्री सरकार नभएको गुनासो गरिन् । उनले कतिपय बालबालिकाले अझं उज्यालो संसार देख्न नपाएको गुनासो छ । 

नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ ।  सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।

२०२२ सालदेखि भदौ ४ गते मनाउन शुरु गरिएको बाल दिवस २०६३ साल पछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित भएको अवस्था रहेकाले उनीहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य भएको बताउनु भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै