नेभिगेशन
सुदूरपश्चिम

लागूऔषध र नगद रकमसहित बझाङका धनबहादुर बोहरा डडेल्धुराबाट पक्राउ

डडेल्धुरामा लागूऔषध र नगद रकमसहित बझाङका धनबहादुर बोहरा पक्राउ परेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर-८ मिटमार्ट मासु पसल नजिकबाट ३ किलो ८ सय ४ ग्राम लागूऔधसहित बझाङको बुंगल नगरपालिका वडा नम्बर-११ बस्ने ३५ वर्षीय धनबहादुर बोहरा बिहीवार साँझ पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषधसहित मोबाईल फोन थान १, सादा मोबाईल थान १, नेपाली रुपैयाँ २३ हजार ५ सय ३० र भारतीय २ हजार ६ सय १० रुपैयाँसमेत फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै