नेभिगेशन
सुदूरपश्चिम

बझाङमा तीन जना मिलेर दुई जना नाबालिका जबरजस्ती करणी गरेको आरोप 

मष्टा गाउँपालिकामा तीनजना किशोरमाथि जबरजस्ती करणी आरोप लागेको छ । मष्टा गाउँपालिका वडा नम्बर १ रनाडा रुपदेउली टोलमा दुई जना नाबालिकालाई ललाईफकाइ गरेर तीन जना नाबालक किशोरले जबरजस्ती करणी गरेको आरोप लागेको हो । आरोपित तीनै जना यही भाद्र १४ गते राति घटनास्थलबाटै फरार रहेको प्रहरीले जनाएको छ । 

पिडित बालिकाहरु हाल जिल्ला प्रहरी कार्यालयको महिला सेलमा छन भने फरार आरोपितहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । यही भाद्र १४ गते साँझ ६ बजे कापी किन्न पसल हिडेकी नाबालिकालाई सरस्वति मावि हातामा बोलाई कक्षा कोठामा जबरजस्तीकरणी गरेको पिडित नाबालिकाका आफन्तले बताएका छन् । 

दुई नाबालिकालाई कक्षा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरी फरार भएको उनीहरुको आरोप छ । राति ९ बजे बालिका चिच्याएपछि मात्रै पिडित आफन्तले थाहा पाएका थिए । 

एक पिडित बालिकाकी आमाले भनिन्,‘मेरी १२ वर्षीया छोरी हो । साँझ ६ बजे नजिकैको पसलमा कापी किन्न भान्जीसँग पसल गएकी हो । त्यहीँनेर स्कुलमा खेलिरहेका तीन जना पुरुषले मेरी छोरी र भान्जीलाई बोलाएर चाउचाउ बिस्कुट खुवाएछन् । राति ९ बजेसम्म घरमा नआएपछि म निकै आत्तिएकी थिएँ । नभन्दै ९ बजे मेरी छोरी चिच्याएको आवाज आयो । म हत्तपत्त दगुर्दै गाउँलेलाई गुहारेर स्कुलभित्र छिरें । स्कुलमा खोजी गर्यौं‍ तर भेटाएनौं । मकैबारी, कोदोबारी सबैतिर गाउँले मिलेर खोज्यौं तर तीनीहरुले दुबै जना बालिकालाई लगेर नजिकै आसीकारन्या जंगलमा भागेछन् । धेरैपछि छोरी र भान्जी भेटायौं । त्यति बेला दुबै जना होसमा थिएनन् । पछि छोरीलाई सोध्दा जबरजस्ती करणी भएको रहेछ । उनीहरुले कसैलाई नभन्नु भने मार्दिन्छु भनेर छोरी र भान्जीलाई डराएका रहेछन् ।’

अहिले पिडितका आफन्तहरुलाई उल्टै करणी गर्नेहरुका आफन्तहरुले धम्क्याउने गरेको र किशोरहरुलाई लुकाउनमा प्रहरीसमेत संलग्न रहेको पिडित पक्षको आरोप छ । प्रहरीले पनि फरार भएका आरोपितहरुलाई खोज्न तदारुकता नदेखाएको पिडित पक्ष बताउँछ ।

पिडित किशोरीकी आमाले भनिन्,‘हामीलाई त्यत्तिकै आरोप लगाउने खुकुरी हान्दिछौं भनेर उल्टै थर्काए । उनीहरुको धम्की बाबजुत पनि हामीले प्रहरीले निवेदन दियौं । मेरी १२ बर्षिय छोरीलाई बेहाल बनाइदियो । यतिका दिनसम्म पुलिसले पनि खोजीरहेका छौं मात्रै भन्छ । अहिलेसम्म तीनीहरुको बारेमा आफन्तसँग सोधपुछ गरेको छैन । यो देशमा न्याय पाइदैन कि क्या हो ?’

यता जिल्ला प्रहरी कार्यालय बझाङले भने आरोपितहरुको खोजी भइरहेको बताइरहेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीले भने, ‘हामी अनुसन्धान प्रक्रियामै छौं । ती करणी आरेप लागेकाहरु पनि नाबालक हुन सक्छन् । अहिले नाम सार्वजनिक नगरौं । वडा प्रहरी कार्यालयले उनीहरुको व्यक्तिगत कुरा खोजीरहेको छ । यसबारै सबै कुरा पछि भनौंला ।’


नोट : प्रहरीले दुबैपक्ष नाबालक रहेको बताएपछि कसैको नाम र उमेर समावेश छैन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै